Kathmandu Press

पीएसजीले मेस्सीलाई गर्‍यो  ‘गार्ड अफ अनर’ प्रदान 

विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन्। विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी क्लबमा हाजिर भए। 
पीएसजीले मेस्सीलाई गर्‍यो  ‘गार्ड अफ अनर’ प्रदान 

काठमाडौं, पुस २१ : विश्व विजेता अर्जेन्टिना कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ। 

विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन्। विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी क्लबमा हाजिर भए। 

गार्ड अफ अनर खेलकुदको विशिष्ट सम्मान मानिन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान प्रकट गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरे।

कीर्तिमानी ७ पटकका बालोन डिओर विजेता मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर १८ मा फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो। पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए। 

प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्