Kathmandu Press

इपिएलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी

टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एक, एक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ ।
इपिएलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी

काठमाडौं, पुस २१ : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी भएका छन् । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।

टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एक, एक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ ।

अर्को खेलमा नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित भएको छ । नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हरायो । उसका ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ ।

पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । त्यस्तै गएराति भएका खेलमा एस्टन भिल्ला र उल्भ्स्ले एक, एक गोल तथा लिड्स युनाइटेड र वेस्ट ह्यामले दुई, दुई गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्