आज गण्डकी प्रदेशमा सार्वजनिक विदा
काठमाडौं, पुस १५ : आज गुरुङ समुदायको महान पर्व तमु ल्होसार । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
पुस ९ ....

काठमाडौं, पुस १५ : आज गुरुङ समुदायको महान पर्व तमु ल्होसार । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
पुस ९ गते बसेको प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा पुस १५ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो।
गण्डकी प्रदेश र केही स्थानीय तहहरुले तमु ल्होसारमा विदा दिने निर्णय गरेपनि गत बर्षदेखि संघीय सरकारले विदा दिने निर्णय गरेको छैन ।
प्रकाशित मिति: ०७:२६ बजे, मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार