Kathmandu Press

नेपाल टि–२० लिग : काठमाडौंमाथि सानदार जित निकाल्दै लुम्बिनी क्लालिफायरमा

प्रतियोगितामा आठौं जित निकाल्ने क्रममा लुम्बिनीले बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं नाइट्समाथि १०२ रनको फराकिलो अन्तरले हरायो।
नेपाल टि–२० लिग : काठमाडौंमाथि सानदार जित निकाल्दै लुम्बिनी क्लालिफायरमा

काठमाडाैं, पुस २० : नेपाल टि–२० लिगमा आठौं जित निकाल्दै लुम्बिनी अल स्टार क्वालिफारमा पुगेको छ। प्रतियोगितामा आठौं जित निकाल्ने क्रममा लुम्बिनीले बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं नाइट्समाथि १०२ रनको फराकिलो अन्तरले हरायो।

जारी प्रतियोगिताको यो सबैभन्दा फराकिलो अन्तरको जित हो। अब उसले फाइनल प्रवेशका लागि क्लालिफायर पुग्ने अर्को टिमसँग खेल्ने छ। क्वालिफायरमा उसको भेट जकपुर रोयल्स या काठमाडौंसँग नै हुनेछ।

लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो । उसका वसिर अहमदले सर्वाधिक २२ रन बनाए भने कमलसिंह ऐरीले १६ र कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । उसका हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे।

यस्तै, अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाउँदा गुल्सन झाले ११ बलमा २१ रन बनाउँदा ह्यारी टेक्टरले १७ र अनिल शाह १६ रन बनाए। काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्