Kathmandu Press

चिसो बढ्दै गएपछि चार दिन विद्यालय बन्द

धनगढी, पुस १५ : चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको शि....

चिसो बढ्दै गएपछि चार दिन विद्यालय बन्द

धनगढी, पुस १५ : चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा अत्यधिक चिसोका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाले विद्यालयमा सञ्चालनमा रहेको परीक्षालाई प्रभाव नपर्ने गरी यही पुस १५ देखि १८ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

झण्डै तीन सातादेखि यस क्षेत्रमा चल्ने गरेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति: ०६:५६ बजे, मंगलबार, पुस १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्