Kathmandu Press

अल नासरमा रोनाल्डोको भव्य स्वागत

अल नासरमा रोनाल्डोको भव्य स्वागत

काठमाडाैं, पुस २० : साउदी अरेबियन क्लब अल नासरले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भव्य स्वातगत गरेको छ। मंगलबार राति अल नासरको मर्सुर पार्कमा करिब २ घण्टा लामो भव्य कार्यक्रम गर्दै रोनाल्डोलाई स्वागत गरिएको हो। 

सुरुमा रोनान्डो पत्रकार सम्मेलनमा सहभागी भए । करिब आधा घण्टा चलेको पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले युरोपमा गर्नुपर्ने सबै गरेको बताउँदै नयाँ चुनौती र नयाँ अनुभावका लागि आफूले अल नासर रोजेको बताए। 

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मुसाली अल मुअम्मर, प्रशिक्षक रुडी गार्सिया पनि सहभागी थिए।

ronaldo1672807143.jpg

‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ। मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो,’ उनले भने, ‘मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’

रोनाल्डोले अल–नासररले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए । साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया, ब्राजिल र पोर्चुगलबाटै आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । 

ronaldo in al nasser1672807143.jpg

पत्रकार सम्मेलनपछि उनी उनी भरिभराउ मर्सुर पार्क रंगशालामा उपस्थित भएका थिए । त्यहाँ उनले न्यानो मायाका लागि सबैलाई धन्यवाद दिए, र फुबटल मार्फत आफू पनि खुसी रहने र सबैलाई खुसी पार्ने प्रतिबद्धता व्यक्त गरे।

रोनाल्डोले अल नासरका युवा टिमसँग फेटो खिचे, त्यहाँ राखिएका केही बलमा साइन गर्दै उपस्थित दर्कशलाई दिए। केही सयमपछि उनको पुरै परिवार पुग्यो । परिवारसँगै मैदानमा केही क्षण बिताएपछि रोनाल्डो सबैलाई धन्यवाद दिँदै मैदानबाट बाहिरिए ।

 

प्रकाशित मिति: १०:१६ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्