Kathmandu Press

इपिएल : म्यानचेस्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो 

युनाइटेडको जितमा क्यासेमिरो, लुके सा र मार्कस रासफर्डले गोल गरे । यस जितसँगै चौथो स्थानमा रहेको युनाइटेडको १७ खेलबाट ३५ अंक पुगेको छ। यो सँगै पाँचौ स्थानको टोटनह्यासँग ५ अंकको अग्रता बनाएको छ।
इपिएल : म्यानचेस्टर युनाइटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो 

काठमाडौं, पुस २० : बर्नमाउथमाथि सहज जित हात पार्दै इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड शीर्ष चारमा उक्लिएको छ। युनाइटेडले घरेलु मैदानमा बर्नमाउथमाथि ३–० को सहज जित निकालेको हो । 

युनाइटेडको जितमा क्यासेमिरो, लुके सा र मार्कस रासफर्डले गोल गरे । यस जितसँगै चौथो स्थानमा रहेको युनाइटेडको १७ खेलबाट ३५ अंक पुगेको छ। यो सँगै पाँचौ स्थानको टोटनह्यासँग ५ अंकको अग्रता बनाएको छ।

एक खेल बढी खेलेको न्यूक्यासलको पनि समान ३५ अंक रहे पनि गोल अन्तरमा तेस्रोमा छ। पराजित बर्नमाउथ १८ खेलबाट १६ अंक जोडेर १५औं स्थानमा छ।

यता शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल  न्युकासलसँग बराबरीमा रोकिएको हो ।

यो बराबरीसँगै आर्सनल ४४ अंकमा लिग तालिकाको शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ अंक छ। 

आर्सनललाई बराबरीमा रोकेको न्युकासल ३५ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।  

प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्