अन्योलबीच काठमाडौं र विराटनगरबीच ९ ओभरको खेल हुँदै
निर्धारित समयअनुसार बिहान सवा ९ बजे सुरु हुनुपर्ने खेलको अन्योल बीच सवा ११ बजे टस भएको छ।
काठमाडाैं, पुस १९ : नेपाल टि–२० लिगको आयोजक भारतीय कम्पनी खेलाडी र प्राविधिकहरुको पैसा नदिइ सम्पर्कबिहीन बनेपछि अन्योलमा परेको काठमाडौं नाट्स र विराटगनर सुपर किंग्सबीचको खेल हुने भएको छ।
निर्धारित समयअनुसार बिहान सवा ९ बजे सुरु हुनुपर्ने खेलको अन्योल बीच २ घण्टापछि टस भएको छ। खेल ९ ओभरको भइरहेकाे छ। टस जितेर काठमाडौंले पहिला ब्याटिङ गरिरहेकाे छ।
दुवै टिमले ‘हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नौं’ भनेपछि टस भएको थिएन।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको आयोजनाको जिम्मा दिएको भारतीय कम्पनी सेभेन थ्री स्पोट्सका मानिसहरु सोमबार बेलुकादेखिनै सम्पर्कबिहीन बनेका थिए। प्रतियोगिताका ६० प्रतिशत खेलहरु सकिँदा खेलाडी र प्राविधिकहरुले अझै तलब पाएका छैनन्।
तलब नपाएपछि केही विदेशी खेलाडीहरु स्वदेश फर्किए सकेकाछन् । नेपालमै रहेका खेलाडीहरुले आयोजकलाई सोमबार रातिसम्म पैसा दिन, नभए प्रतियोगिता नखेल्ने को अल्टिमेट दिएका थिए।











