Kathmandu Press

नेपाल टि–२० लिग : आयोजक बेपत्ता भएपछि विराटनगर र काठमाडौंबीचको खेल अन्याेलमा

प्रतियोगिता नै अन्योलमा 
नेपाल टि–२० लिग : आयोजक बेपत्ता भएपछि विराटनगर र काठमाडौंबीचको खेल अन्याेलमा

काठमाडौं, पुस १९ : नेपाल टी–२० लिग अन्तर्गत आज बिहानका लागि तय भएको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल अन्याेलमा परेकाे छ। 

प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् वेपत्ता भएपछि काठमाडौं र विराटनगरबीचको खेल अन्याेलमा परेकाे हो।

६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक पाएका छैनन्। प्रतियोगिता खेलिरहेका विदेशी खेलाडीहरुले पारिश्रमिकका लागि सोमबारसम्मको समयसीमा दिएका थिए। 

नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले टसका लागि टिम लिस्ट बुझाउन जाँदा दुवै टिमलाई ‘हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नौं’ भनेपछि टस नै भएको छैन । 

आयोजक भागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरिहेको नेपाल टि–२० लिग नै रद्द हुने स्थितिमा पुगेको छ। 

काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन्।

प्रकाशित मिति: १०:३८ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्