Kathmandu Press

ए डिभिजन लिग : क्लबले कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने, सेड्युल माघ २ गते आउने

एन्फाले क्लबहरु दर्ताका लागि पुस २२ सम्मको समय दिएको छ। एन्फाले खेलाडी दर्ताका लागि पुस २४ गते आव्हान गर्ने छ।
ए डिभिजन लिग : क्लबले कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने, सेड्युल माघ २ गते आउने

काठमाडाैं, पुस १८ : आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि प्रत्येक क्लबले कम्तिमा २० खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरुसँगको छलफल भएपछि यस्तो निर्णय गरेको हो।

यस्तै, एन्फाले क्लबहरु दर्ताका लागि पुस २२ सम्मको समय दिएको छ। एन्फाले खेलाडी दर्ताका लागि पुस २४ गते आव्हान गर्ने छ।

क्लबहरुले माघ १५भित्र राष्ट्रिय क्लब लाइसेन्सका लागि चाहिने मापदण्डहरु पुरा गर्नुपर्ने एन्फाले जनाएको छ।

सोमबार भएको बैठकले फागुन १९ गतेबाट हुने लिगको तालिकाका लागि माघ २ गते ड्र गर्ने निर्णय पनि गरेको छ। यो पटक लिग डबल राउन्ड रोबिनका आधामार हुनेछ।

छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाह लगायत ए डिभिजनबा १४ वटै क्लबका प्रतिनिधिहरु उपस्थिति थिए।

प्रकाशित मिति: २१:१४ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्