Kathmandu Press

बैठक बहिष्कार घोषणा गरेको भोलिपल्टै बुढानीलकण्ठ पुगे शशांक कोइराला

काठमाडौं, पुस १४ : कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको बैठक बहिष्कार गर्ने घोषणा गरेकै भोलिपल्ट महामन्त्री शशांक कोइराला बुढानीलकण्ठ पुगेका छन्।&....

बैठक बहिष्कार घोषणा गरेको भोलिपल्टै बुढानीलकण्ठ पुगे शशांक कोइराला

काठमाडौं, पुस १४ : कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको बैठक बहिष्कार गर्ने घोषणा गरेकै भोलिपल्ट महामन्त्री शशांक कोइराला बुढानीलकण्ठ पुगेका छन्। 

शनिबार सभापति देउवाले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने धारणा महामन्त्री कोइरालाले केही संचारमाध्यमहरुमा राखेका थिए। तर सोमबार बिहान देउवा निवास बुढानीलकण्ठमा बंगलादेशी सांसदहरुको एउटा टोलीसँग राखिएको बैठकमा सहभागी हुन महामन्त्री कोइराला पुगेका हुन्।  

बैठकमा बंगलादेशका सांसदहरुको समुह र नेपाली कांग्रेसका नेताहरुबीच दुई देशबीच आपसी सहयोग र समझदारीका विषयमा छलफल भएको थियो। सभापति देउवा, महामन्त्री कोइराला, राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल लगायतका नेताहरु सहभागी थिए।

बंगालादेशका तर्फबाट सांसद मनोरञ्जन सिल गोपालको नेतृत्वमा सांसदहरुको टोली सहभागी थियो।  

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्