Kathmandu Press

मनाङका प्रशिक्षकमा किरण श्रेष्ठ

श्रेष्ठले योहान कालिन र अब्दुल्लाह अलमुताइरीको सहायकका रुपमा राष्ट्रिय टिममा काम गरेका थिए।
मनाङका प्रशिक्षकमा किरण श्रेष्ठ

काठमाडाैं, पुस १८ : ए डिभिजन लिगको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीले प्रशिक्षकका रुपमा किरण श्रेष्ठलाई नियुक्त गरेको छ। मनाङले नयाँ सिजनका लागि श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको हो।

श्रेष्ठसँग लामो समय राष्ट्रिय टिममा प्रशिक्षण गरेको अनुभव छ । उनले योहान कालिन र अब्दुल्लाह अलमुताइरीको सहायकका रुपमा राष्ट्रिय टिममा काम गरेका थिए।

यस्तै, जावलाखेल युथ क्लबका पूर्वखेलाडी श्रेष्ठले २०६८÷६९ मा ए डिभजिन क्लब बौद्ध र राष्ट्रिय लिगमा फार वेस्ट एफसीको प्रशिक्षका रुपमा काम गरेका छन्।

उनले मोफसलका प्रतियोगितामा साहारा क्लबको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रकाशित मिति: १८:५५ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्