Kathmandu Press

शेयर बजार सकारात्मक, अब के होला ?

काठमाडौं, पुस १४ : साताको  दोस्रो कारोबार दिन सोमबार शेयर बजार सकारात्मक रह्यो। जीवन बीमामा सबैभन्दा बढी ४ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ। बैंक....

शेयर बजार सकारात्मक, अब के होला ?

काठमाडौं, पुस १४ : साताको  दोस्रो कारोबार दिन सोमबार शेयर बजार सकारात्मक रह्यो। जीवन बीमामा सबैभन्दा बढी ४ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ समूह भने ० दशमलव २१ प्रतिशतले घटेको छ। 

नेप्से परिसूचक ५ दशमलव ५३ ले बढेर भएर ११६७ दशमलव ९५ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ४८ प्रतिशतले बढेको छ। ११६१ दशमलव ८२ को विन्दुमा खुलेको दोस्रो बजार ११६७ दशमलव ९५ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको अन्तिम विन्दु र उच्च विन्दु बराबर भएकाले यसलाई प्राय सकारात्मक मानिन्छ र अर्को कारोबार दिनको पहिलो समयमा क्रेता हाबी हुन सक्ने सम्भावना रहन्छ।बजारको न्यून विन्दु ११५९ दशमलव २५ रहँदा ६२ करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ६७ प्रतिशतले कमाए भने माउन्टेन हाइड्रो नेपालका शेयरधनीले सर्वाधिक ५ दशमलव ५५ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार सामान्य टेवा क्षेत्रदेखि केही सकारात्मक भएको तर केही अंकले नेप्से बढेमा पुनः प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। हिजो र आजको मैनबत्तीहरुलाई हेर्ने हो भने ‘बुलिस एन्गल्फिङ्ग’ आकृति बनाएको छ। यसले बजार सकारात्मक हुन सक्ने संकेत गरेको छ। परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेको छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज ११६० को क्षेत्रमा टेवा प्राप्त गरेको देखिन्छ। आज बजारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले “गोल्डन क्रस” बनाएको छ। यसले बजार बढ्ने संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७२ दशमलव ७२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले बजार केही समय बढ्न सक्ने सकारात्मक संकेत गरे बापत तत्कालीन प्रतिरोध ११७५ देखि ११८२ को क्षेत्रमा रहेको देखिन्छ। तर यदि बजार ११६० भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक पक्षमा हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११५० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:५९ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्