Kathmandu Press

इङ्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजित

खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
इङ्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजित

काठमाडौं, पुस १८ : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको  खेलमा एस्टन भिल्लाले टोटेनह्यामलाई हराएको छ । गएराति भएको खेलमा टोटेनह्याम २–० गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको  जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एकर एक गोल गरे । १२औँ स्थानमा रहेको एस्टन भिल्लाले १७ खेलमा २१ अङ्क जोडेको छ भने १७ खेलमै ३० अङ्क जोडेको टोटेनह्याम पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्