सरकार संविधानको मर्मअनुसार चल्नु पर्छ : नेता जोशी
विराटनगर, पुस १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताएका छन्।
नेपाल ....

विराटनगर, पुस १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिएका हुन्।
फरक प्रसंगमा उनले सहमतिमा महाधिवेशनको मिति घोषणा गरेर सभापति शेरबहादुर देउवा अघि बढ्नु पर्ने बताए।
उनले नेकपा नेतृत्वको सरकारका गलत क्रियाकलापविरुद्ध पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्नेमा जोड दिए।
प्रकाशित मिति: १५:३९ बजे, सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार