Kathmandu Press

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

काठमाडाैं, पुस १४ : बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ। 

समितिमा परेका उजुरी सबैभ....

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै
सांकेतिक

काठमाडाैं, पुस १४ : बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ। 

समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन्। उनका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी पर्ने गरेको छ। 

“सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ”, उपप्रमुख राईले भनिन्। उनका अनुसार आर्थिक वर्ष २०७५-७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ। ६ वटालाई अदालतमा सिफारिस गरिएको छ र  १६ वटा फैसला भएको छ। 

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ। आर्थिक वर्ष ०७५-७६ मा ढल, बाटो निकासका चार उजुरी दर्ता भएको छ। त्यस्तै लेनदेन,  बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषसम्बन्धी चार, साँधसिमाना मिचेको सात, अन्तरकालीन आदेश एक,  शान्तिसुरक्षा र ज्याला  पाँच, घर पर्खाल निर्माण सम्पन्न छ,  ठगीका आठ, पारिवारि तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध आठ उजुरी दर्ता भएको छ। 

त्यस्तै चालु आर्थिक वर्ष २०७६-७७ मा पनि उजुरी आउने क्रम बढिरहेको  नगरपालिकाले जनाएको छ। चालु आर्थिक वर्षको साउनयता नगरपालिकामा ४० उजुरी दर्ता भएका छन्। दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ।

नगरपालिकामा चालु आर्थिक वर्षमा आठ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, पाँच पारिवारिक विवाद, पाँच घरबहाल, एक शान्तिसुरक्षा ज्याला, दुई गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ। समितिमा दुई कानुन व्यवसायी सदस्य छन्। समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक  मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ। रासस

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्