बलात्कारका आरोपी सिद्धबाबा तीन लाख धरौटीमा रिहा
धरान, पुस १४ : बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) तीन लाख धरौटीमा रिहा भएका छन्।
सोमबार जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख....

धरान, पुस १४ : बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) तीन लाख धरौटीमा रिहा भएका छन्।
सोमबार जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अहिले नै उनी दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले बताए।
उनीविरुद्ध बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। उनी अस्पतालबाटै बयान दिन अदालत पुगेका थिए। बिरामी भएको भन्दै विराट नर्सिङ होममा बस्दै आएका छन्।
मंसिर १६ गते बलात्कार गरेको भन्दै उनकै अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन्।











