Kathmandu Press

नेपाल टी-२० लिग : विराटनगरमाथि लुम्बिनीको जित

आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको लो स्कोरिङ म्याचमा लुम्बिनीले विराटगनर किंग्समाथि १२ रनको जित निकाल्यो। 
नेपाल टी-२० लिग : विराटनगरमाथि लुम्बिनीको जित

काठमाडाैं, पुस १७ : नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारले छैठौं जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको लो स्कोरिङ म्याचमा लुम्बिनीले विराटगनर किंग्समाथि १२ रनको जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दैै लुम्बिनीले दिएको १२३ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा ११० रनमा अलआउट भयो। उसका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाउँदा विकेक यादवले १९, गौरांशु शर्माले १२ र पृथु बास्कोटाले १० रन बनाए। 

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा ह्यारी ट्याक्टर, तिकल भण्डारी र साड्ली भान सल्कविकले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले ९ विकेट गुमाउँदै १२२ रन बनायो । दीपेन्द्रले ४२ बलमा ६ चौका प्रहार गर्दै नटआउट ५० रन बनाए भने अनिल साह, ह्यारी ट्याक्टर र कुशल भुर्तेलले समान १३ रन बनाए। 

विराटनगरका सूर्य तामाङले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, विवेक यादव र नन्दन यादवले पनि समान २ विकेट लिए।

यो जितसँगै लुम्बिनीले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। उसले ७ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। ६ खेलमा ४ अंक मात्र जोडेको विराटनगर १ स्थान तल झदैै पाँचौं स्थानमा आइपुगेको छ। 

सोमबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा जनकपुर रोयल्स र फार वेस्ट युनाइटेड भिड्ने छन्।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्