कांग्रेस महाधिवेशन समयभित्रै हुनुपर्छ : कोइराला
विराटनगर, पुस १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस ....

विराटनगर, पुस १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले २०७८ चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेको बताए।
अब पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति सार्न नहुने उनको सुझाव थियो। महाधिवेशनमा कार्यकर्ता एकजुट भएर लाग्ने उनको विश्वास थियो।
कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७-१० गतेसम्म काठमाडाैंमा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार