Kathmandu Press

सिटी रोकियो, शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

सिटी एभर्टनसँग १-१को बराबरी रोकियो भने आर्सनले ब्राइटनमाथि ४-२को जित निकाल्यो।
सिटी रोकियो, शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

काठमाडाैं, पुस १७ : इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटी रोकिँदा आर्सनल विजयी भएको छ। सिटी एभर्टनसँग १-१को बराबरी रोकियो भने आर्सनले ब्राइटनमाथि ४-२को जित निकाल्यो।

योसँगै आर्सनलले प्रिमियर लिगमा स्पष्ट ७ अंकको अग्रता बनाएको छ। उसको १६ खेलमा ४३ अंक भएको छ भने सिटीको ३६ अंक छ।

शनिबार राति म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग १-१ को बराबरीमा रोकियो। सुरुआती अग्रता जोगाउन नसक्दा सिटी रोकियो।

खेलमा अर्लिङ हालान्डले २४औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, ६४ औं मिनेटमा डिमाराई ग्रेले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। त्यसपछि गोल नहुँद खेल बराबरीमा सकियो।

यता, आर्सनलले ब्राइटनमाथि ४-२को सानदार जित निकाल्यो । उसका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, एडी एनकेटीया र ग्राबियल मार्टिनेलीले गोल गरे भने ब्राइटनका काउरू सिटोमा र इभान फर्गुसनले गोल गरे।

खेलमा दोस्रो मिनेटमा साकाको गोलमा आर्सनलले अग्रता लियो। ३९औं मिनेटमा ओडेगार्डले अग्रता दोब्बर बनाए। दोस्रो हाफको सुरूमै एडी एनकेटियाले गोल गर्दै आर्सनललाई सहज अवस्थामा ल्याए।

६५औं मिनेटमा मिटोमाले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे। ७१ औं मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनललाई ४-१ गोलले अघि बढ्यो।

७७ औं मिनेटमा फर्गुसनले गोल गर्दै अन्तर घटाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्