Kathmandu Press

रास्फोर्डको गोलमा युनाइटेडले वुल्भ्सलाई हरायो

शनिबार भएको खेलमा मार्कस रास्फोर्डको गोल मद्दतमा युनाइटेडले वुल्भ्सलाई उसकै मैदानमा १–०ले हरायो ।
रास्फोर्डको गोलमा युनाइटेडले वुल्भ्सलाई हरायो

काठमाडौं, पुस १७ : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार भएको खेलमा मार्कस रास्फोर्डको गोल मद्दतमा युनाइटेडले वुल्भ्सलाई उसकै मैदानमा १–०ले हरायो ।

निकै प्रतिस्पर्धात्म बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलको ७३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए।

लिगमा युनाइटेडको लगातार पाचौं जित हो । गत अक्टोबरमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेयता युनाइटेड सबैखेलमा विजयी भएको छ।

जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ। उसले १६ खेलमा ३२ अंक जोडेको छ। यता, वुल्भ्स भने १३ अंकसहित १९औं स्थानमा छ।

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्