चितवनमा पनि दुई चिनियाँ नागरिक पक्राउ
चितवन, पुस १४ : ह्याकर भएको आशंकामा दुई जना चिनियाँ नागरिकलाई चितवनबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, उनीहरुलाई भर....

चितवन, पुस १४ : ह्याकर भएको आशंकामा दुई जना चिनियाँ नागरिकलाई चितवनबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, उनीहरुलाई भरतपुरस्थित होटल फ्यानबाट पक्राउ गरिएको हो। केही दिनदेखि उनीहरु होटलमा बस्दै आएका थिए।
उनीहरुले चितवनमा चिनियाँ लगानी भित्र्याउने भन्दै विभिन्न गतिविधि गरिरहेका थिए। उनीहरुको व्यवहार शंकास्पद देखिएपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेको थियो।
त्यसपछि प्रहरी टोली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। ‘उनीहरुमाथि थप अनुसन्धान गरिरहेका छौं, अहिले एकीन भएको छैन,’ प्रहरी उपरीक्षक मल्लले भने।
केही दिन अघि प्रहरीले काठमाडौंबाट एक सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। ति दुई जना पनि त्यही समूहको भएको प्रहरीको भनाइ छ।
दुवै जनासँग टुरिस्ट भिसा रहेको छ। काम गर्ने अनुमति भने लिएका छैनन्। उनीहरुसँग थुप्रै चिनियाँ पासपोर्ट भेटिएका छन्।
उनीहरूसँगै अरु पनि रहेको प्रहरीको अनुमान छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











