Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन्। 
प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी, पुस १६ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ। जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।  

टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन्। 

यस्तै पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन्। प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ।  

दुईदिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिता यही पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुँदैछ। 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम रहेका छन्। यस्तै समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन्।   

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच यही पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ।

उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ।   

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्