Kathmandu Press

अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा १८ जनाको मृत्यु

काठमाडौं, पुस १४ : आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरूका अखडामा आक्रमण गरेको छ। कताइब हिज्बुल्लाहले नियन्त्रणमा....

अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा १८ जनाको मृत्यु
Hardik ivf

काठमाडौं, पुस १४ : आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरूका अखडामा आक्रमण गरेको छ। कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन भनेको छ । गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए । समाचार संस्था रोयटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ। इराकका सुरक्षा निकाय तथा मिलिसियाहरूले रोयटर्सलाई बताए अनुसार कम्तीमा १८ जना मिलिसियाहरूको मृत्यु भएको छ।

तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ । इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह (कताइब हिज्बुल्लाह) सन् २००७ मा गठन भएको हो । अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ । ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ। (बीबीसी)

प्रकाशित मिति: ०८:३२ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्