Kathmandu Press

नेपाल टी-२० लिग : लुम्बिनीको पहिलो हार, पोखराको दोस्रो जित

लुम्बिनीको यो छैटाैं खेलमा पहिलो हार हो। यसअघि उसले प्रतियोगितामा लागतार पाँच जित निकालेको छ। यता, पोखराको भने यो लागतार दोस्रो जित हो। यसअघि लगातार ५ खेलको हारेको पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई हराएको थियो।
नेपाल टी-२० लिग : लुम्बिनीको पहिलो हार, पोखराको दोस्रो जित

काठमाडाैं, पुस १६ : नेपाल टी-२० लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी अल स्टारले पहिलो हार बेहोरको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा लुम्बिनी पोखरा एभेन्जर्ससँग ९ विकेटले पराजित भयो।

लुम्बिनीको यो छैटाैं खेलमा पहिलो हार हो। यसअघि उसले प्रतियोगितामा लागतार पाँच जित निकालेको छ। यता, पोखराको भने यो लागतार दोस्रो जित हो। यसअघि लगातार ५ खेलको हारेको पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई हराएको थियो।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १० बल बाँकी छँदा ९ विकेट गुमाउँदै भेट्टायो। उसको जितमा आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। उनले ६२ बलमा ९ चौका प्रहार गर्दै ७७ रन बनाए। यस्तै, आरिफ सेखले ३७ बलमा २६ रन बनाए। लुम्बिनीका किशोर महतोले १ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले १ बल बाँकी छँदा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो। उसका लागि हारमित सिंहले सर्वाधिक ३८ रन बनाउँदा साड्ली भान सल्कविकले १६ र सुनिल धमलाले १५ रन बनाए। 

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पोखराका विपिन खत्री र जाहिर खानले समान ३ विकेट लिए। विपिनले ४ ओभरमा २३ तथा जाहिर ४ ओभरमा १८ रन खर्चिए। 

यो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लिउको छ। उसलेका ७ खेलमा ४ अंक छ। यता, १० अंकसहित लुम्बिनी शीर्ष स्थानमै छ।

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्