एनआईसी एशियाको शाखारहित बैंकिङ्ग अर्घाखाँचीको देउरालीमा संचालन
काठमाडौं, पुस १३ : एनआईसी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।
गत शुक्रब....
काठमाडौं, पुस १३ : एनआईसी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।
गत शुक्रबारदेखि संचालनमा ल्याएको उक्त शाखाको उद्घाटन वडा नम्वर ७ का वडा अध्यक्ष शोभाखर पाण्डेले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्री कृष्ण प्रसाद पाण्डेज्यूलाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने छन्। सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ विज्ञप्ति मार्फत जनाएको छ । ‘यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ’ बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।










-1754206481.jpg)
