Kathmandu Press

माछापुच्छ्रे बैकले दुवईबाट १ अर्ब रकम भित्राउने

काठमाडौं, पुस १३ : माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैकबाट एक अर....

माछापुच्छ्रे बैकले दुवईबाट १ अर्ब रकम भित्राउने

काठमाडौं, पुस १३ : माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैकबाट एक अर्ब रुपैया नेपाल भत्राउने भएको छ। 

आईतबार दुवईस्थित माश्रिक बैकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धि सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र माश्रिक बैंकका तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन्। 

‘१० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ’ आईतबार बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ«े बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।’ 
माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ।
 

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, पुस १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्