ए डिभिजन लिग फागुन १९ बाट
अखिल नेपाल फुटबल संघले क्लबहरुसँगको छलफलपछि लिग फागुन १९ बाट गर्ने निर्णय गरेको हो।
काठमाडाैं, पुस १४ : सहिद स्मारक ए डिभिजन लिग फागनु १९ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघले क्लबहरुसँगको छलफलपछि लिग फागुन १९ बाट गर्ने निर्णय गरेको हो।
एन्फाले बिहीबार १४ ए डिभिजन क्लबसँग छलफल गरेको थियो ।
यसअघि एन्फाले लिगका लागि पुस २६को मिति तोको थियो। तर, क्लबहरुले तयारी खर्च नपाएको भन्दै मिति सार्न प्रस्ताव गरेका थिए।
यो पटकबाट लिग डबल राउण्ड रोबिनका आधारमा हुने छ। लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने छ भने दोस्रो हुनेले ५० र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउनेछन्।
प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











