Kathmandu Press

नेपाल टी-२० लिग : पोखरामाथि विराटगरको जित, पोखरा अझै जितविहीन 

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ८ विकेटको सहज जित निकाल्यो।
नेपाल टी-२० लिग : पोखरामाथि विराटगरको जित, पोखरा अझै जितविहीन 

काठमाडाैं, पुस १४ : नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको ब्याट चलेपछि नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ८ विकेटको सहज जित निकाल्यो।

बुधबार भएको खेलमा काठमाडौंले पोखरालाई नै ६ विकेटले हराएको थियो । यता, पोखराले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेको छैन। उ लागतार ५ खेलमा पराजित छ।

बिहीबार पहिला ब्याटिङ गर्दै पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले ८ बल बाँकी छँदा २ विकेट गुमाउँदै भेट्टायो। 

उसका लागि रोहितले ५७ बलमा ७१ रनकोृ उत्कृष्ट इनिङ खेले। उनले ६ चौका र ३ छक्का प्रहार गर्दै। यस्तै, हुसेन टलटले २३ बलमा २७ रन बनाए। दुवै नटआउट हरे। यस्तै, गौरान्सु शर्माले ३३ रनको योगदान दिए।

पोखराका जाहिर खान र अमीर हाज्माले समान १ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। उसका लागि हाज्माले सर्वाधिक ३७ रन बनाए भने सुमित महर्जनले २६, उपुल थरंगाले २५ रनको योगदान दिए। 

विराटनगरका आन्द्रे म्याकार्थीले ३ तथा नन्दन यादव, राज नन्नन र साहब आलमले समान १ विकेट लिए।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्