Kathmandu Press

चिसोले राउटे समुदायका बालबालिका बिरामी

सुर्खेत, पुस १३ : चिसो बढेसँगै राउटे समुदायका बालबालिकालाई सकस भएको छ। उनीहरु बिरामी पर्न थालेको जनाएको छ।

अत्यधिक चिसोले बालबालिकाको स्वास्....

चिसोले राउटे समुदायका बालबालिका बिरामी

सुर्खेत, पुस १३ : चिसो बढेसँगै राउटे समुदायका बालबालिकालाई सकस भएको छ। उनीहरु बिरामी पर्न थालेको जनाएको छ।

अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले बताए। ‘चिसो बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ,’ उनले भने।

राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले  लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन। ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छन्।

यसैबीच राउटे बस्तीमा न्यानो कपडा वितरण गरिएको छ। विभिन्न संघ संस्थाबाट सहयोग जुटाएर जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको प्रतिष्ठान अध्यक्ष खड्काले बताइन्।

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, पुस १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्