विदेशका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो राखिने
काठमाडौं, पुस १३ : नेपाल भ्रमण वर्षको सुरू हुनुभन्दा अघि दिन विभिन्न देशका अग्ला टावर तथा भवनमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो राखिने भएको छ।
....
काठमाडौं, पुस १३ : नेपाल भ्रमण वर्षको सुरू हुनुभन्दा अघि दिन विभिन्न देशका अग्ला टावर तथा भवनमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो राखिने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएन)मार्फत विभिन्न देशका अग्ला टावर तथा भवनमा झण्डा र भ्रमण वर्षको लोगो राख्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन्।
मन्त्री भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमा यससम्बन्धी जानकारी दिएका छन्। उनका अनुसार, अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडालगायतका देशमा झण्डा र लोगो राखिनेछ।
यसमा एनआरएन अध्यक्ष कुमार पन्तले सहयोग गर्ने उनले जनाएका छन्। यससँगै अन्य देशमा पनि एनआरएनले नेपाली झण्डा र भ्रमण वर्षको लोगो राख्न सघाउने भएको उनले बताए।










-1754206481.jpg)
