Kathmandu Press

राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको तयारी तीव्र

काठमाडौं, पुस १३ : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी थालेको छ। राष्ट्रियसभाको रिक्त पदमा माघ ९ गते निर्वाचन हुँदै छ।

त्यसका लागि....

राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको तयारी तीव्र

काठमाडौं, पुस १३ : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी थालेको छ। राष्ट्रियसभाको रिक्त पदमा माघ ९ गते निर्वाचन हुँदै छ।

त्यसका लागि तयारीका काम तीव्ररुपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले त्यसमै केन्द्रित रहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले बताए। ‘निर्वाचनका लागि अब धेरै समय बाँकी नभएको र चुनावको मिति नजिकिँदै आएको सन्दर्भमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो सबै ध्यान कन्द्रित गरेर आयोगले तयारीको कार्यक्रम गरिरहेको छ,’ उनले भने।
 
निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ। यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ। ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ।

आगामी फागुन २० गते १९ जनाको पदावधि सकिँदै छ। त्यसमध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ। एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ।

आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ।

त्यस्तै, प्रदेश ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन र सुदूरपश्चिम प्रदेशको डोटीस्थित सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ।

निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका पाँच सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय ६ गरी दुई हजार ५६ मतदाता रहेका छन्।

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, पुस १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्