Kathmandu Press

अनन्तलाई सर्वोत्कृष्ट खेलाडीको सम्मान दिइने

साहरा क्लब पोखराले अनन्तलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सम्मान गर्ने भएको हो ।
अनन्तलाई सर्वोत्कृष्ट खेलाडीको सम्मान दिइने

काठमाडाैं, पुस १२ : नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ पोखरामा सम्मानित हुने भएका छन्। साहरा क्लब पोखराले अनन्तलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सम्मान गर्ने भएको हो ।

२२औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनका दिन साहरा क्लबले अनन्तलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ प्रदान गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अनन्तलाई ५० हजार ५ रुपैयाँसहित सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ।

यसअघि पुरस्कारबाट राष्ट्रिय खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट पुरस्कृत भइसकेका छन्।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पुस १४ देखि २३ गतेसम्म हुँदैछ। प्रतियोगितामा आयोजक सहारा क्लबसँगै १० समूहले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्