Kathmandu Press

शीतलहरले तराईमा अत्यधिक चिसाे, पाँच दिन विद्यालय बन्द

सिरहा, पुस १३ : शीतलहरका कारण तराईका अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन्।

शीतलहरले अत्यधिक चिसो बढेपछि सिरहका विद्यालय पनि बन्द गरिएका....

शीतलहरले तराईमा अत्यधिक चिसाे, पाँच दिन विद्यालय बन्द

सिरहा, पुस १३ : शीतलहरका कारण तराईका अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन्।

शीतलहरले अत्यधिक चिसो बढेपछि सिरहका विद्यालय पनि बन्द गरिएका छन्। सिरहा नगरपालिकाले आजदेखि पाँच दिनका लागि सबै विद्यालयमा बिदा दिएको छ।

Hardik ivf

नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको बताए। वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको उनले बताए।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ।

चिसोले विरामीको संख्या बढ्दै गएको छ। स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको जनाएको छ।

प्रकाशित मिति: १०:१३ बजे, आइतबार, पुस १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्