चिसो हावाले जाडो झनै वढ्यो, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री
काठमाडौं, पुस १३ : काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो शनिबार काठमाडौंको ....

काठमाडौं, पुस १३ : काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाको भनाइ छ ।
महाशाखामा अनुसार तराईंका जिल्लामा बिहान लागेको हुस्सु दिउँसो क्रमसः फाटेर जाने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक देशभरको मौसम आज सफा रहने छ ।
प्रकाशित मिति: ०८:४२ बजे, आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











