Kathmandu Press

मादक पदार्थ सेवन गरेका युवक मृत भेटिए

काठमाडौं, पुस १३ : काभ्रेको चौरी देउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक युवक बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

<....
मादक पदार्थ सेवन गरेका युवक मृत भेटिए

काठमाडौं, पुस १३ : काभ्रेको चौरी देउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक युवक बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Hardik ivf

उनले शुक्रबार राति अत्यधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो ।

उक्त वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५/१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११/१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए ।  

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, पुस १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्