Kathmandu Press

टी-२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। 
टी-२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी

काठमाडाैं, पुस ११ : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। 

यसअघि भएको पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टार्ससगँ ६७ रनले पराजित भएको थियो। काठमाडौँले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो।

 फार वेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए। उनले ४९ बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ५० रन जोडेका हुन्। त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए। विनोद भण्डारीले चार तथा उमर अलीले एक रन जोडे। 

बलिङतर्फ काठमाडौँ नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक÷एक विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोड्नेबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा सन्तोष कार्कीले १२ रन जोडे। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुईदुई विकेट लिए। त्यस्तै शेर मल्लले एक विकेट लिए। यता काठमाडौँको भने यो पहिलो हार हो। 

यसअघि भएको पहिलो खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो। प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन्। प्रतियोगितामा छ टोलीको सहभागिता छ  ।

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्