डाक्टरलाई यी सात प्रश्न सोध्न नडराउनुहोस्
नर्सहरू सारा दिन डाक्टरसँग बिताउँछन्। त्यसैले उनीहरूसँग कस्तो व्यवहार गर्ने नर्सलाई थाहा हुन्छ। डाक्टरलाई भेट्दा के सोध्ने राम्रोसँग ज्ञान हुन्छ।
उपचारको क्रममा....

नर्सहरू सारा दिन डाक्टरसँग बिताउँछन्। त्यसैले उनीहरूसँग कस्तो व्यवहार गर्ने नर्सलाई थाहा हुन्छ। डाक्टरलाई भेट्दा के सोध्ने राम्रोसँग ज्ञान हुन्छ।
उपचारको क्रममा बिरामीले आफ्नो पैरवी गर्नुपर्ने नर्सहरू बताउँछन्। बिएमजे नामक जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार रोग पहिचान गर्ने क्रममा हुने त्रुटिले (वा उपचारको योजना बनाउने क्रममा डाक्टरले गर्ने गल्ती) प्रत्येक वर्ष २० मध्ये एक जना प्रभावित हुने गर्छन्।
नर्सहरूको सुझाव अनुसार डाक्टरलाई सोध्नुपर्ने सात प्रश्नहरू:
१. किन?
म्यासाच्युसेट्सकी नर्स न्याटले डाक्टरलाई जे पनि सोध्नुपर्ने बताइन्। डाक्टरले कुनै विधि किन प्रयोग गरिरहेको भनेर प्रष्टसँग सोध्नुपर्छ।
स्वयंको पैरवी गरेर बिरामीले स्वास्थ्यमा सुधार ल्याउनसक्ने लरा लान्ड्रोले बताइन्। उनले वाल स्ट्रिट जर्नलमा लामो समय स्तम्भ लेख्नुका साथै “इन्फोर्म्ड पेसेन्ट” नामक पुस्तक पनि लेखेकी छिन्। “केही अनुरोध गर्दै हुनुहुन्छ भने आफ्ना लागि पैरवी गर्नुहोस्। त्यसको कारण बुझाउनुहोस्,” न्याटले भनिन्।
२-“मेरो समस्याको उपचार गर्ने विकल्पहरू छन् कि?”
नर्थ क्यारोलाइनकी नर्स एनले उपचारका वैकल्पिक योजनाहरू छन् कि भनेर डाक्टरलाई सोध्नुपर्ने सुझाव दिइन्। जर्नलमा स्तम्भ लेख्ने लान्ड्रोले उच्च रक्तचाप भएका आधा जति वयस्कको सहि उपचार नभएको बताइन्। त्यसैगरी आधा अमेरिकीलाई भाइरल संक्रमण हुँदा एन्टिबायोटिक दिने गरिएको छ। उपलब्ध उपचार योजनाबारे आफूलाई शिक्षित बनाए अनावश्यक दुष्प्रभाव रोकथाम गर्न सकिने लान्ड्रोले बताइन्।
३-“अरूको विचार लिनलाई मेरो स्वास्थ्य सम्बन्धी दस्तावेज लैजान सक्छु?”
नर्सहरूले खुलेर डाक्टरबारे नकारात्मक टिप्पणी गर्दैनन्। तर यदि उनीहरूले अन्य विचार लिन सुझाव दिन्छन् भने त्यसको अर्थ हो व्यक्तिगत रूपमा म त्यो डाक्टरले मलाई छुओस् भन्ने चाहन्नँ। एरिजोनाको अपरेटिङ रूम नर्स डेभिडले बताए।
डाक्टर पनि खराब हुन्छन्। बिरामीलाई त्यस्तो नलाग्न सक्छ। मिलवकी जर्नल सेन्टिनेलले सन् २०१८ मा गरेको अनुसन्धान अनुसार अद्यावधिक नगरिएको र अपूरो फेडेरल डाटाबेसका कारण एउटा राज्यमा चिकित्सक हुनबाट निषेध गरिएका कम्तिमा पाँच सय फिजियसनले अर्कोमा काम गरेको खुलेको छ।
लेखक तथा चिकित्सक जेरोम ग्रूपम्यानले आफूलाई हाल उपचार गरिरहेका चिकित्सकलाई प्रयोगशालाको परीक्षण र स्वास्थ्य सम्बन्धी अन्य कागजपत्र लिएर अर्को चिकित्सकको विचार बुझ्न चाहन्छु भनेर बताउनुपर्ने बताए।
४-“के म एकछिनका लागि तपाईंको पूरा ध्यान मलाई दिन सक्नुहुन्छ?”
“आजभोलि मेडिकल रेकर्डहरू कम्प्युटरम हुन्छ। नर्स र डाक्टरसँग कुराकानी गर्दा उनीहरू त्यही स्क्रिन हेर्ने गर्छन्,” क्रिस्टिन बायर्डले भनिन्। उनी पनि नर्स हुन्। “यदि तपाईंलाई आफनो कुरा नसुनेकोजस्तो लाग्छ भने केहीबेर ध्यान दिएर मेरो कुरा सुन्नुहोस् भनेर भन्नुहोस्।”
अमेरिकन मेडिकल इन्फोर्म्याटिक्स एसोसिएसनमा प्रकाशित एउटा अध्ययन अनुसार सन् २०१७ मा ८०.५ प्रतिशत अस्पतालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम (इएचआर) प्रयोग गर्ने गरेका छन्। मेडिकल अभिलेखलाई डिजिटल बनाउने कार्यलाई तिव्रता दिन बराक ओबामाले सन् २००९ मा एउटा कानून ल्याएपछि यी विद्युतीय प्रणालीको प्रयोग बढेको हो।
तर यसले थुप्रै समस्या पनि ल्याएको छ। एक हजार सात सय ९२ जना क्रियाशिल चिकित्सक सम्मिलित एउटा सर्वेक्षण अनुसार इएचआरमा धेरै समय काम गर्नाले चिकित्सक थकित हुन्छन्। पछिल्लो अनुसन्धानले पनि इएचआरले सफ्टवेयरमा समस्या हुने र प्रयोगकर्ताको त्रुटिका कारण बिरामी गम्भीर घाइते हुनुका साथै मृत्यु पनि हुने गरको खुलाएको छ।
५-के यो शिक्षण अस्पताल हो"?
हुन त यो कुरा अस्पताल भर्ना हुनुभन्दा अघि नै थाहा पाउनुपर्ने विषय हो। तर अस्पताल अनुसार बिरामीको स्याहार पनि फरक हुने धेरै नर्सले बताए।
उदाहरणका लागि शिक्षण अस्पताल अग्रणी अनसन्धानबारे बढी अद्यावधिक हुने ओहायोकी नर्स सुसनले बताइन्। सन् २०१७ को एउटा प्रतिवेदनले पनि शिक्षण अस्पतालमा मृत्यु दर कम हुने देखाएको छ। त्यसैगरी नाफामुखी र गैरनाफामुखी अस्पतालले पनि बिरामीलाई भिन्न किसिमको स्याहार दिन्छन्।
नाफामुखी अस्पतालले बिरामीको स्याहार निर्धारण गर्दा आर्थिक फाइदालाई हेर्ने गर्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया लस एञ्जलिसका प्राध्यापक जिल आर. होर्विजले गरेको एक विश्लेषण अनुसार कहिलेकाहिँ मनोचिकित्साका आकस्मिक घटनामा उपयुक्त स्याहार उपलब्ध हुँदैन। किनभने त्यसले धेरै पैसा भित्र्याउँदैन।
६-“मेरो उपचार योजनामा मेरो केही नियन्त्रण हुनसक्छ कि?”
भर्जिनियाकी नर्स एलिजाबेथ बिन्सफिल्डले लामो समयसम्म अस्पताल बसेका बिरामीको अवस्था गम्भीर हुनसक्ने बताइन्। दीर्घरोग लागेको बेला बिरामी असहाय अनुभव गर्न सक्छन्। नर्सको सहयोग नभए आफैं नुहाउन र खान पनि सक्दिनँ भनेर कहिलेकाँही चिन्तित पनि हुनसक्छन्।
अस्पतालमा हुनुहुन्छ भने केही काम आफैं गर्न सक्छु कि भनेर सोध्नुहोस्। यसले तपाईंलाई स्वायत्तता दिने बिन्सफिल्डले बताइन्।“बिरामीको स्वायत्तता पुनर्स्थापना गरे नियन्त्रणको बोध हुन्छ,” बिन्सफिल्डले माइनोरिटी नर्स नामक लोकप्रिय ब्लगमा लेखेकी छिन्।
७-“फलो अप अप्वाइन्टमेन्ट लिनुपर्छ?”
फलो अप गर्नुपर्छ वा पर्दैन भनेर पत्ता लगाउनुहोस्। त्यसपछि अप्वाइन्टमेन्ट लिनुहोस्। एलेक्स_सुबो नामक गरेकी एक नर्सले रेड्डिटमा भनेकी छिन्।
“उच्च रक्तचापजस्ता धेरै समस्याले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउँछन्। तपाईंले थाहा पनि पाउनुहुने छैन,” ती नर्सले लेखेकी छिन्,“यदि तपाईंको स्वास्थ्य सेवा प्रदायकले फलो अप आवश्यक छ भन्छन्, फलो अप गर्नुपर्छ।”



-1771243509.jpg)








