Kathmandu Press

उपत्यकाको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडाैं, पुस १२ : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ। उपत्यकाको न्यूनतम तापक्रम शनिबार शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ। यो काठमाडौँ उपत्य....

उपत्यकाको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झर्‍यो
फाइल

काठमाडाैं, पुस १२ : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ। उपत्यकाको न्यूनतम तापक्रम शनिबार शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ। यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो। 

शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो। तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताइन्। तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ। दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने मौसमविद्को भनाइ रहेको छ। 

शनिबार दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु-कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ। त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ। पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ।

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, पुस १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्