जेसिज अध्यक्षमा अशोक शंकर निर्वाचित
चितवन, पुस १२ : नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।
चितवनको रत्ननगरमा सम्पन्न ४६ औं महाधिवेशनबाट प्रत्यासी अरुणेश्वर खनालला....

चितवन, पुस १२ : नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।
चितवनको रत्ननगरमा सम्पन्न ४६ औं महाधिवेशनबाट प्रत्यासी अरुणेश्वर खनाललाई पराजित गर्दै पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकर सन् २०२० का लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित शंकरले ५५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अरुणेश्वरले ५२७ मत पाए। यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी विकास मानन्धरले ४८७ मत पाएका थिए।
यस्तै, कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि ९ जनाबीच प्रतिस्पर्धा भएको थियो।
उपाध्यक्षमा कृष्ण सापकोटा, कञ्चन झा, रमा प्याकुरेल, रामबहादुर बोगटी, अनवर हुसेन, गणेशबहादुर साउद, धीज शाही, राकेश गुरुङ, शिवप्रसाद भुसाल, मन्जु शाह ठकुरी, विशाल थापा र गोविन्द पङ्गेनी विजयी भएका छन्। बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो।
महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्।
नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन्। महाधिवेशनका लागि तीन हजार जेसी रत्ननगर आएका थिए। कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो।











