Kathmandu Press

पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् ।
पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

काठमाडौं, पुस १० : अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् ।

बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् ।

खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए ।

यसै सिजन मेसीको सम्झौता सकिँदै छ । 
 
प्रकाशित मिति: ०८:५० बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्