Kathmandu Press

फार वेस्टमाथि लुम्बिनीको सानदार जित

शनिबार कीर्तितपुरस्थित टियू मैदानमा भएको खेलमा बलिङमा दीपेन्द्र र ब्याटिङमा श्रीलंकन खेलाडी लहिरु मलिन्था चम्किएपछि लुम्बिनीले फार वेस्ट युनाइटेडमाथि ६७ रनको सानदार जित निकाल्यो।
फार वेस्टमाथि लुम्बिनीको सानदार जित

काठमाडाैं, पुस ९ : दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टारले नेपाल टि–२० लिगमा विजयी सुरुआत गरेको छ।

शनिबार कीर्तितपुरस्थित टियू मैदानमा भएको खेलमा बलिङमा दीपेन्द्र र ब्याटिङमा श्रीलंकन खेलाडी लहिरु मलिन्था चम्किएपछि लुम्बिनीले फार वेस्ट युनाइटेडमाथि ६७ रनको सानदार जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६।२ ओभरमा ८५ रनमै अलआउट भयो । उसका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३५ र विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

फार वेस्टको इनिङ ध्वस्त बनाउने क्रममा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे। उनले २।२ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, सागर ढकालले ४ ओभरमा १७ रन खर्चँदै २ विकेट लिए। प्याट ब्राउल, विपुल शर्मा र किशोर महतोका नाममा पनि समान १ विकेट रह्यो।

मलिन्थाले अर्धशतकीय योगदान दिएपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो । ओपनिङमा आएका मलिन्थाले ५० बलमा ८ चौका र १ छक्का प्रहार गदैृ ६० रन बनाए।

यस्तै, कप्तान दीपेन्द्रले ३८ बलमा २ चौका र १ छक्का मद्दतमा ३५ रन बनाउँदा विस्फोट इनिङ खेलेका गुल्सन झाले १० बलमा ३ छक्का प्रहार गर्दै २५ रनको महत्वपूर्ण योगदान दिए। फार वेस्टका करण केसी र उमर अलीले समान ३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टारसँग खेल्ने छ भने दोस्रो खेल पोखरा एभेन्जर्स र जनकपुर रोयलबीच हुने छ।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्