Kathmandu Press

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने

काठमाडाैं, पुस ९ : दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने भएको छ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ। महिलामा १० तौल समूह ४५, ५०, ५५, ६१, ६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ।

पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल २ सय ४० खेलाडीको सहभागिता रहने छ।

यस्तै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक गरि ३ सय १० जनाको सहभागिता रहनेछ। प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्