Kathmandu Press

सन् २०१९ मा कायम भएका १० कीर्तिमानहरू

सबैभन्दा धेरै तापक्रम : जुलाई २०१९ मा मापन गरिएको तापक्रम हालसम्मकै उच्च रह्यो। युएस नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले विश्वको औसत तापक्रम....

सन् २०१९ मा कायम भएका १० कीर्तिमानहरू
Hardik ivf

सबैभन्दा धेरै तापक्रम : जुलाई २०१९ मा मापन गरिएको तापक्रम हालसम्मकै उच्च रह्यो। युएस नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले विश्वको औसत तापक्रम १६.७५ डिग्री सेल्सियस भएको घोषणा गर्‍यो। त्यही महिनामा युरोपमा आएको हिटवेभले पनि थुप्रै कीर्तिमान कायम गर्‍यो: पेरिसमा ४२.६ डिग्री, जर्मनीमा ४१.५ डिग्री र बेलायतमा ३८.७ डिग्री। डिसेम्बरसम्म आइपुग्दा अष्ट्रेलियामा अहिलसम्मकै तातो दिन कायम भयो। डिसेम्बर १९ मा देशको औसत राष्ट्रिय अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरियो। प्रचण्ड हिटवेभले डढेलो पनि लगायो।

फेसबुकलाई जरिवाना :  गत जुलाईमा फेसबुकले अहिलेसम्मकै उच्च जरिवाना गराइयो। उपभोक्ताको गोपनियता भङ्ग गरेकोमा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना गराइएको छ। कुनै कम्पनीलाई जरिवाना गराइएको यो हालसम्मकै उच्च रकम हो।अमेरिकी सरकारले कुनै पनि घटनामा जरिवाना गराएको यो अहिलेसम्मकै उच्च भएको फेडेरल ट्रेड कमिसनले जनाएको छ।

अत्यधिक विक्री :  अलिबाबाले नोभेम्बरमा आयोजना गरेको वार्षिक २४ घण्टे “सिङ्गल्स डे” मा चिनियाँ उपभोक्ताले ३८.३ अर्ब अमेरिकी डलर बराबरको किनमेल गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो पटक २६ प्रतिशत विक्री भएको कम्पनीले जनाएको छ।

कलाकृतिको लिलामी :  ब्रेक्जिटको तानातान चलिरहेको बेला बेङ्क्सीको “डिभोल्भ्ड पार्लियामेन्ट” शीर्षकको पेन्टिड्ड एक करोड ११ लाख युरोमा विक्री भएको छ। अक्टोबरमा लिलामी भएको सो पेन्टिङमा विधायकहरूलाई “चिम्पान्जी” को रूपमा प्रस्तुत गरिएको छ। कुनै बेलायती कलाकारको कृति यति ठूलो रकममा विक्री भएको यो नै पहिलो पटक हो। गएको मेमा जेफ कून्सले बनाएको स्टेनलेस स्टिलको “र्‍याबिट” ९ करोड ११ लाख अमेरिकी डलरमा विक्री भयो। कुनै जीवित कलाकारको कृति यति धेरै रकममा विक्री भएको नयाँ कीर्तिमान बनेको छ।

दुई घण्टामा म्याराथन पूरा : केन्याका एल्युड किपचोगी म्याराथोन दौड दुई घण्टाभन्दा थोरै समयमा पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। अक्टोबरमा भियन्ना भएको अनौपचारिक कार्यक्रममा उनले सो म्याराथोन दौड एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पार गरेका थिए।

सबैभन्दा धेरै मेडल :  अमेरिकाका स्टार जिम्न्यास्ट सिमोन बाइल्सले अक्टोबरमा पाँच वटा स्वर्ण पदक जितेकी छिन्। योसँगै उनले जितेको विश्व च्याम्पियनसिप मेडलको संख्या २५ पुगेको छ। सन् १९९० ताका बेलारूसका भिताली सर्बोले २३ वटा पदक जितेका थिए।

छोटो समयमा धेरै शिखर आरोहण : नेपाली पर्वतारोही निर्मल पुर्जाले विश्वका १४ अग्ला शिखर मात्रै ६ महिना र ६ दिन लगाएर चढेका छन्। अप्रिलदेखि अक्टोबरसम्म गरिएको पुर्जाको पर्वतारोहण अभियानले आठ वर्षअघि बनेको कीर्तिमान तोडेको छ।

सबैभन्दा लामो उडान : कान्तासले अक्टोबरमा बिना यात्रुको सबैभन्दा लामो उडान सम्पन्न गरेको छ। १९ घण्टा १६ मिनेट लगाएर कान्तासले न्यूयोर्कदेखि सिड्नीसम्म सिधा उडान परीक्षण गरेको हो। जहाजको तौल कम गर्न बोइङ ७८७ ९ मा मात्रै ४९ जना सवार थिए। यसले १६ हजार किलोमिटरभन्दा लामो यात्रामा इन्धनको खपत कम गर्न सहयोग गर्‍यो।

सबैभन्दा सानो बच्चा :  सेबी जन्मिदाँ एउटा ठूलो स्याऊको दाना जति तौल थियो। क्यालिफोर्नियाको एउटा अस्पतालले मे महिनामा उनलाई विश्वकै सानो जीवित बच्चा घोषणा गर्‍यो। महिनौं सघन स्याहारबाट निस्किएपछि जन्मिदाँ बालिकाको तौल जम्मा २४५ ग्राम मात्रै भएको अस्पतालले जनाएको छ। बालिकाको जन्म समयअघि नै भएको हो।

मिलियन डलर पार्किङ : हङकङको दि सेन्टर स्काइसक्रेपरको एउटा पार्किङ स्थल अक्टोबरमा नौ लाख ७० हजार अमेरिकी डलरमा विक्री भयो। यो मूल्यमा लण्डनको चेल्सीतिर एउटा बेडरूम भएको अपार्टमेन्ट पाइन्छ।

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, पुस १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्