Kathmandu Press

सुरु भयो नेपाल टि–२० लिग

प्रतियोगिताको उद्घाटन खेलमा अहिले काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिडिरहेका छन्।
सुरु भयो नेपाल टि–२० लिग

काठमाडाैं, पुस ९ : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज क्रिकृट प्रतियोगिता नेपाल टि–२० लिग सुरु भएको छ। विभिन्न कारणले पटक पटक स्थागित भएको नेपाल टि–२० लिग आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको छ।

शुक्रबारबाट नै सुरु भनिएको प्रतियोगिता विदेशी खेलाडीको श्रमस्वीकृति आउन ढिला भएपनि १ दिन पछि सरेको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिडिरहेका छन्। ताजा अवस्था पहिला ब्याटिङ गरेको काठमाडौंले ८ ओभरमा ४४ रन बनाउँदा ४ विकेट गुमाएको छ।

काठमाडौंको कप्तानी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरिरहेका छन् भने पोखराको कप्तानमा शरद भेषावकर छन्।

यस्तै, आजै हुने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टार र विनोद भण्डारीको कताप्नीमा रहेको फार वेस्ट युनाइटेड भिड्ने छन्।

प्रकाशित मिति: १०:०३ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्