कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत्

काठमाडौं, पुस ८ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही कांग्रेस संसदीय दलको नेता चयन भएका छन् ।
शुक्रबार उनी सर्वसम्मत रुपमा प्रदेश संसदीय दलको नेता चयन भएका हुन् । उनको विरुद्ध दलको नेता दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत दलका नेता चुनिएका हुन् ।
शाहीलाई दलको नेता चयन गर्न राजीवविक्रम नै प्रस्तावक बसेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् ।
प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)