Kathmandu Press

आइपिएलका सर्वाधिक महँगा खेलाडी बने साम करन

सन् २०२३ को आईपिएलका लागि शुक्रबार भएको अक्सनमा करनलाई पञ्जाब किंग्सले १८०५ करोड भारु खर्चियो।
आइपिएलका सर्वाधिक महँगा खेलाडी बने साम करन

काठमाडाैं, पुस ८ : इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग ९आईपिएल०का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

सन् २०२३ को आईपिएलका लागि शुक्रबार भएको अक्सनमा करनलाई पञ्जाब किंग्सले १८०५ करोड भारु खर्चियो।

यसअघि यो रेकर्ड दक्षिण अफ्रिकन अलराउन्डर क्रिस मोरिसको नाममा थियो। सन् २०२१ मा उनलाई राजस्थान रोयल्सले १६.२५ करोडमा किनेको थियो।

गत महिना अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि करनमाथि आईपिएलमा महागो बोली लागेको हो। टी-२० क्रिकेटमा उनले १४५ म्याच खेल्दै १७४३ रन र १४९ विकेट लिएका छन्। 

यसअघि उनले आईपिएल चेन्नई सुपर किंग्स र पञ्जाब किंगसका लागि खेलेका छन्।
 
प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्