Kathmandu Press

लिभरपुललाई हराउँदै सिटी इएफएल कपको क्वार्टरफाइनलमा

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई ३–२ले हराउँदै सिटीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
लिभरपुललाई हराउँदै सिटी इएफएल कपको क्वार्टरफाइनलमा

काठमाडाैं, पुस ८ : पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी इएफएल कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई ३–२ले हराउँदै सिटीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

सिटीको सिजनमा अर्लिङ हालान्ड, रियाद महारेज र नाथन एकेले गोल गरे भने लिभरपुलका फाबियो कार्भाल्हो र मोहम्मद सलाहले गोल गरे।

सिटीले हालान्डको गोलमा १०औं मिनेटमा अग्रता लियो। तर, २०औं मिनेटमा कार्भाल्होले गोल गर्दै खेलालाई बराबरीमा ल्याए। पहिलो हाफ १–१को बराबरीमै सकियो ।

तर, दोस्रो हाफको सुरुआतमै सिटीले पुनः अग्रता लियो । ४७औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए।  त्यसको एक मिनेटपछि नै लिभरपुलले बराबरी गोल फर्कायो। यो पटक सलाहले गोल गरे।

त्यसपछि ५८औं मिनेटमा एकेले गोल गर्दै सिटीलाई खेलमा पुनः अग्रता दिलाए। त्यसपछ िगोल नहुँदा सिटी विजयी हुँदै क्वार्टरफाइनल पुग्यो।

अन्तिम ८मा सिटीले अब साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ। क्वार्टरफाइनलका अन्य खेलमा म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ भने प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन् ।

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्