काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडाैं, पुस ७ : बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ। बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो। बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो।
त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो। च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ। नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ
प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











