Kathmandu Press

१ दिनपछि सर्‍यो नेपाल टि–२० लिग

शुक्रबारबाट सुरु हुने भनिएको नेपाल टि–२० लिग क्यानले बिहीबार विज्ञप्ति निकाल्दै १ दिन पछि परेको जनाएको छ।
१ दिनपछि सर्‍यो नेपाल टि–२० लिग

काठमाडाैं, पुस ७ : नेपाल टि–२० लिग १ दिन पछि परेको छ । शुक्रबारबाट सुरु हुने भनिएको नेपाल टि–२० लिग क्यानले बिहीबार विज्ञप्ति निकाल्दै १ दिन पछि परेको जनाएको छ।

क्यानबाट लिगको आयोजनाको जिम्मा पाएको भारतीय सेभेन थ्री स्पोर्ट्सको ढिलासुस्तीका कारण विदेशी खेलाडीको श्रम स्वीकृति नआउँदा प्रतियोगिता १ दिन ढिला सुरु हुने भएको हो।

तर, क्यानले प्राविधिक कारणले प्रतियोगिता १ दिन ढिला भएको जनाएको छ। ‘नेपाल क्रिकेट संघको आयोजनामा डिसेम्बर २३, २०२२ देखि सञ्चालन हुने तय भएको नेपाल टि–२० क्रिकेट लिग प्राविधिक कारणले एक दिनपछि डिसेम्बर २४, २०२२ देखि सञ्चालन हुने छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ।

योसँगै प्रतियोगिता तेस्रो पटक सरेको हो। यसअघि विभिन्न कारणले प्रतियोगिता २ पटक सरेको थियो।

यस्तै, क्यानले नेपाल टि–२० लिगको निर्देशकमा वृत्तान्त खनाललाई नियुक्त गरेको छ। खनाल क्यानका महाप्रबन्धक हुन्।

 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्